Sarad_singh_bhandari
हुलाकी न्यूज, काठमाडौं १६ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेशमा जारी आन्दोलन पहाडका जनताका लागि पनि भएको बताएका छन् ।

उनले मधेश आन्दोलन राष्ट्रिय एकता कायम राख्न र सम्पूर्ण जनताको समानुपातिक समावेशी हकका लागि भएको दाबी गरे ।

मंगलबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक उद्घाट गर्दै अध्यक्ष भण्डारीले आन्दोलनबाट एक इन्च पनि पछि नहटेको भन्दै पुनः आन्दोलन तताउने बताए ।

उनले मधेशी मोर्चाका कार्यको पनि समिक्षा गर्ने समय आएको बताउँदै समिक्षा गरेर आन्दोलन अगाडि बढाउने बताए ।

अवको आन्दोलनमा मधेशको ग्रामिण तथा महेन्द्र राजमार्ग आसपासका जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पार्टीको विस्तारित बैठकमा मधेशका जिल्लाहरुबाट ७६ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.