
हुलाकी न्युज, जनकपुर, १६ चैत । धनुषामा एसएलसी परिक्षामा सामेल हुने महिला परिक्षार्थीका लागि आवश्यकता परे अब परिक्षा केन्द्रले सेनेट्रि प्याड उपलब्ध गराउने भएको छ ।
धनुषाका जिल्ला शिक्षा अधिकारी चेत प्रसाद पोखरेलले परीक्षामा सहभागी हुने छात्राहरुलाई परीक्षा अवधिमा पनि महिनाबारी हुन सक्ने सम्भावनाको मध्यनजर गरी छात्राहरुको लागि ‘सेनेट्री प्याड’ को व्यवस्था गर्न सम्बन्धित केन्द्राध्यक्षहरुलाई निर्देशन दिएका छन् ।
बिहीबारदेखि सुरु हुन लागेको एसएलसी परीक्षाको पूर्व सन्ध्यामा जिल्ला शिक्षा अधिकारी पोखरेलले केन्द्राध्यक्षहरुलाई सम्बन्धित परीक्षा केन्द्रमा ‘सेनेट्री प्याड’ राख्नको लागि निर्देशन दिएका हुन् ।
महिला तथा बालबालिका कार्यालय धनुषाका बाल अधिकार अधिकृत संजिव कुमार महतो लगायत सरोकारबालाहरुले परीक्षा केन्द्रमा ‘सेनेट्री प्याड’ को व्यवस्था गर्न आवाज उठाउदै आएका थिए ।
(File Photo)




thats appreciable