Sadbhawana_bistart_baithak

हुलाकी न्यूज, विराटनगर १६ चैत । सदभावना पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक दोस्रो दिन पनि जारी रहेको छ ।
हिजोबाट सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।

हिजो पार्टी अध्यक्ष राजेन्द्र महतोको उद्घाटनसँगै बैठकलाई एजेण्डागत छलफलमा प्रवेश गराएका थिए ।

समसामयिक राजनीतिक परिस्थिति, आसन्न आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा बिस्तार, पार्टी महाधिवेशन, राष्ट्रीय कार्य समिति पूर्नगठन, पार्टी लेवी प्रणाली, जनजागरण पदयात्रा, वर्गिय मंच महाधिवेशन र संगठन सम्बन्धि जिम्मेवारी बाँडफाँड जस्ता विषयबस्तुमा छलफल हुँदैछ ।

बैठकमा सहभागीहरूलाई पाँच समुहमा बिभाजन गरी छलफल गराईएको छ । हिजो गठित पाँच समुहकका नेताहरूले छलफल पश्चातको निष्कर्ष र सल्लाह आज बिस्तारित बैठकमा प्रस्तुत भईरहेको छ ।

हिजो विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु सदभावनामा प्रवेश गरेका थिए । झापाका डा.रामबाबु गिरीसहितका नेताहरु प्रवेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.