Rajkumar_lekhi
हुलाकी न्यूज, राजविराज १५ चैत । थारु नेता तथा नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले अवको आन्दोलनमा संविधानमा हस्ताक्षर गर्ने संसदहरुलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।

पार्टीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले अवको बैशाखदेखि हुने आन्दोलन संविधानमा हस्ताक्षर गर्नेहरु विरुद्ध हुने भन्दै संसदहरुलाई कालोमोसो दल्ने चेतावनी दिए ।

मधेशी–थारुगायतका उपेक्षित उत्पीडित समुदायहरु न्याय र समानताको लडाई लडिरहेको प्रष्ट पार्दै पर्दै डा.बाबुराम भट्टराई र विजयकुमार गच्छदार जस्ता व्यक्तिहरुको कारण आन्दोलन असफल हुने बताए ।

स्थानीय पत्रिका न्यूजटुडेका अनुसार उनले भने ‘विजयकुमार गच्छदार जस्ता गद्दारहरुका कारण थरुहट र मधेश आन्दोलन बदनाम भएको छ, त्यस्ता बहुरुपियाहरुलाई जनताले कार्वाही गर्नु जरुरी छ ।’

मत दिएर जिताउने जनतालाई कार्वाही गर्ने अधिकार समेत रहेको भन्दै संयोजक लेखीले जनविरोधी एवम् भ्रष्टचारीहरुलाई कार्वाही गर्नका लागि जनता अगाडि बढ्नु पर्नेमा जोड दिए । ‘देश र जनतालाई लुट्नुका साथै धोका र गद्दारी गर्नेहरुलाई जेल हाल्नुपर्छ’ उनले भने ‘जनताको शान्तिपूर्ण आवाजलाई बन्दुकको गोलीले दबाउनहरु नेता हुन सक्दैन’ उनले भने ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा भ्रम छर्ने काम गरिरहेको छ ।’

मधेशी, थारु, आदिवासी, जनजातीको आन्दोलनका क्रममा राज्य निरीह र आतङककारी साबित भएको उनले आरोप लगाए । थारुहरुको आक्रोश टिकापुर घटनामा देखापरेको चर्चा गर्दै नेता लेखीले भने ‘राज्य दुई पटक हारेको छ, पहिलो हार अङ्गे्रजसँग र अर्को हार थरुहट मधेशसँग भएको छ ।’ न्याय र समानताको हक प्राप्त नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै लेखीले विभेदमा पारिएकाहरु एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प नरहेको समेत उनले बताए ।

सोही पत्रकार सम्मेलनमा दोस्रो चरणका केन्द्रीय सदस्यहरुको नाम समेत सार्वजनिक गरिएको छ । समितिमा खड्गनारायण चौधरी, लिला गम्भीर थारु, सीता चौधरी, हेमनारायण चौधरी, सीता चौधरी कृष्णी चौधरी, सुशीला चौधरी, अर्जुन चौधरी, छविलाल कोपिला, दुखराम चौधरी, सत्यनारायण चौधरी, महेश्वरी चौधरी, विनोद चौधरी, दिनेश चौधरी, रामचन्द्र चौधरी, रामकिशोर कल्याण थारु, दुर्गानन्द चौधरी, रञ्जिता चौधरी, युवराज कँुवर, ओमकान्त पण्डित, उषा खान, उपेन्द्रनारायण चौधरी(पगरीवाला), शिवु यादव, दिलकुमारी चौधरी र ईन्द्रनारायण चौधरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.