
हुलाकी न्यूज, विराटनगर १५ चैत । सदभावना पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक आजबाट विराटनगरमा सुरु भएको छ ।
तीन दिनसम्म चल्ने उक्त बैठक अतिथि सेवा सदन, बिराटनगरमा बसेको छ । बैठकमा राष्ट्रिय कार्य समिति, राष्ट्रीय सल्लाहाकार समिति, अनुशासन समिति, संसदीय समिती, संगठन बिभाग, बिभिन्न वर्गीय मञ्च र बिभागका केन्द्रीय अध्यक्षहरू, जिल्ला अध्यक्षहरूलगायत ५५० जना सहभागी हुने पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जनाए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न मधेश आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा बिस्तार, पार्टी राष्ट्रिय महाधिवेशन, बर्गिय मञ्चको सम्मेलन र अधिवेशनलगायत बिषयमा छलफल हुनेछ । बैठक दिउँसो दुई बजेबाट औपचारिक रुपमा सुरु हुने महतोले बताए ।



