
हुलाकी न्यूज, काठमाडौं १५ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टी(रामसपा)को विस्तारित बैठक भोलि(मंगलबार)बाट काठमाडौंमा सुरु हुने भएको छ ।
राष्ट्रिय कार्यसमितिको मंगलबार र बुधबार हुने विस्तारित बैठकमा आन्दोलन तथा पार्टीका विषयमा छलफल हुने जनाइएको छ ।
रामसपाका प्रवक्ता केशव झाका अनुसार काठमाडौंको बुधनगरस्थित क्वालिटी बैंकेटमा भोलि विहान १० बजेबाट बैठक सुरु हुनेछ ।
उनका अनुसार बैठकमा सहभागी हुन विभिन्न जिल्लाका प्रतिनिधिहरु काठमाडौं पुगी सकेका छन् ।



