
हुलाकी न्यूज, काठमाडौं १५ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) महाधिवेशनको तयारीमा जुटेको छ ।
पार्टीको अधिकांश जिल्ला अधिवेशन सकिएको छ । अधिकांश जिल्लाका प्रतिनिधिहरु पनि चयन भइसकेका छन् ।
तमलोपका श्रोतका अनुसार आगामी जेठ महिनामा महाधिवेशन हुने गरी तयारी भइरहेको छ ।
तमलोपाको यो पहिलो अधिवेशन हुनेछ ।



