nepal-pm-
हुलाकी न्यूज, काठमाण्डौ, १४ चैत । नेपालका प्रधानमन्त्री केपि शर्मा ओली आज साताव्यापी चीन भ्रमणबाट फर्किसकेका छन् । जम्बो जन्ति लिएर चीन पुगेका उनी भारत जाँदा पनि भ्रमण टोली ठूलै थियो ।

विदेश भ्रमणमा जाँदा त्यहाँ देशको गरिमामय पदमा आसिन व्यक्तिका साथसाथै भ्रमण टोलीमा रहेका जो सुकैले देशको नाम झुक्नेगरी प्रस्तुत हुनु हुन्न । कुटनीतिक मर्यादालाई ख्याल नगर्नु , के कारणले भ्रमणमा आएको हुँ उक्त कुरालाई ध्यानमा नराखी व्यवहार गर्नुले देशलाई नै बदनाम गराउँछ ।

ओलीको भारत भ्रमणको क्रममा भएका केहि यस्ता घटनाहरुले नेपालीप्रति भारतले गर्ने ‘हेपाहा’ प्रवृत्ति किन हो भन्ने खुलासा हुन्छ । प्रस्तुत छ ओलीको भारत भ्रमणका क्रममा भएका केहि रोचक तथ्यहरु ।

१ भारतिय दुतावासले सञ्चार सहजताका लागि नेपाली भ्रमण दललाई उपलब्ध गराएको सीम कार्ड फिर्ता गरिदिन दुतावासले भनेको भएतापनि कसैले फिर्ता नगरेको एक पत्रकारको भनाइ छ ।

२ त्यसैगरि अर्को पत्याउनै गाह्रो पर्ने कुरा त के छ भने भ्रमण टोलीमा नाम नरहेपनि बिना पासपोर्ट र नागरिकता दिल्ली पुगेका पत्रकार ऋषी धमला र अर्का एक पत्रकार बसेको कोठाबाट २२ हजारको टेलिफोन बिल आएको थियो ।

३ त्यसैगरि भारतीय पक्षले राष्ट्रपति भवनमा १३ जना बस्ने व्यवस्था मिलाएपनि २० जना बसेका थिए । अझ खाना खाने बेलामा ४० जनासम्म पुगे । जसले व्यवस्थापकलाई हैरान बनाउनु स्वभाविक थियो ।

यस्ता व्यवहारले विदेशमा बेइज्जत गर्न विदेश भ्रमण गरेको जस्तो देखियो । यी बाहेक दुतावासकै कर्मचारीको लागि होटेलमा कोठा नभएर अलपत्र पर्नु, नुहाउँदा नुहाउँदै पत्रकार बाथरुममा छुट्नु आदिले पनि नेपाली दुतावासको लापरवाहि र बेवास्ता देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.