gun piostol
हुलाकी न्युज, सिरहा, ४ चैत । सिरहा नगरपालिकाबाट प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मेड इन युएस पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका ९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् ।

शनिबार राति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको समयमा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेका अन्सारी र यादव सवार स ३ प ७७९ नंको मोटरसाइकललाई चेकजाँच गर्दा सिटमुनि लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो ।

परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । उनले पक्राउ परेकामाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताए ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.