
हुलाकी न्युज, राजविराज, १४ चैत । सप्तरीको मधुपट्टी गाविस–५ मा शनिबार राति आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय प्रमानन्द चौधरीको गुहाली घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्केको आगोले निजका तीन घर र छिमेकी जग्नु चौधरी, सोना चौधरी तथा रोशन चौधरीको एक एक गरी छ घर जलेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद जिन्सी गरि ५० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
आगलागी भएको ठाउँमा बाटो घाटोको राम्रो सुविधा नभएकाले ठूलो क्षति भएको प्रहरीले बताएको छ ।
आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
(File Photo)



