
हुलाकी न्यूज, लण्डन १३ चैत । लण्डनमा रहेका मधेशीहरुले शनिबार होली मनाएका छन् ।
यूकेमा रहेका मधेशीहरुको छाता संगठन एशोशिएशन अफ नेपालीज् मधेशी इन युके(अनमुक) को आयोजनामा एक समारोहका बिच होली मनाइएको ओमप्रकाश नायकले हुलाकी न्यूजलाई बताए ।
नायकका अनुसार अन्य दिन कार्यव्यस्ताका कारण शनिबार मात्रै होली मनाइएको छ ।



