
हुलाकी न्यूज, जनकपुरधाम १३ चैत । राष्ट्रिय वैश्य युवा महासंघ, धनुषा गठन गरिएको छ ।
जनकपुरको कदमचौकस्थित सुडी सौण्ड्रिक चौरासी समाजको अतिथि सदनमा भएको युवाहरुको भेलाले महासंघको तर्दथ समितिका संयोजक प्रमोदसाहको नेतृत्वमा २१ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा विनोद कुमार साह, सचिव विरेन्द्र साह, सहसचिव ममता चौधरी, कोषाध्यक्ष रितेश गुप्ता रौनियार र सहकोषाध्यक्षमा नागेन्द्र साहलाई चयन गरिएको छ ।
साथै १५ सदस्यि कार्यकारणी सदस्यसहित कुल २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस्ले अगामी जेष्ठमा केन्द्रिय महाधिवेशनको तयारीका लागि जिल्ला अधिवेशन गर्नेछ ।
साथै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ जस्मा विनोद साह, संजिव साह, दिपेन्द्र साह, शम्भु साह प्रेमी र पुरन साहलाई चयन गरिएको छ ।
बन्दसत्र पुर्व भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथिहरु वैश्य समाजको देशमा सम्मानजनक उपस्थिति रहेपनि सधै चन्दादाता र आर्थिक चेकको रुपमा भजाइएको बताए ।
उद्घाटनसत्रका प्रमुख अतिथि समाजसेवी वयोवृद्व रामचन्द्र साह, विशिष्ठ अतिथि सांसद दिनेश प्रसाद साह, पुर्व सासंद भरत साह, रामचरित्र साह, सुरिता साह, लालकिशोर साह, मनोज चौधरी, अमरनाथ गुप्ता, विनय पजियारसहितकाले आ–आफ्नो मन्तब्य राखेका थिए ।
साथै युवा महासंघका केन्द्रिय महासचिव दिलिप साहले संगठनको आवयश्कताको विषयमा प्रकाश पारेका थिए ।



