eknath_dhakal
अमरेन्द्र कुमार यादव, जनकपुर १३ चैत । शान्ति तथा पुर्णनिर्माण मन्त्री एकनाथ ढकालले संविधानको पहिलो संशोधनबाट मधेशी मोर्चाको अधिकांश माग पुरा भईसकेको र बाँकी माग छिट्टै पुरा हुने बताएका छन् । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएलगत्तै मधेशी मोर्चाको बाँकी माग उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत समाधान हुने उनले विश्वास व्यक्त गरेका छन् ।

शान्ति समिति धनुषाको आयोजनामा भएको भेटधाट कार्यक्रममा मन्त्री ढकालले सशस्त्र द्वन्दको क्रममा भएको गम्भीर प्रकृतिका धटनाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले छानविन गरि पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम कारवाही गरी संक्रमणकालीन मुद्दालाई सक्दोचाडो व्यवस्थापन गरिने बताए ।

मन्त्री ढकालले हालको सरकार राष्ट्रबादी सरकार रहेको भन्दै राजनीतिक आन्दोलनको नाममा सशस्त्र गतिविधिमा लागेका भुमिगत संगठनहरुलाई वार्तामा आउन आग्रह गर्दै राजनैतिक तबरबाट माग संबोधन गराउन आग्रह गरे ।

कार्यक्रममा उपस्थित धनुषाको द्धन्द पीडितहरुले छात्रवृतिका बाँकी रकम दिन, द्धन्द पीडित परिचय पत्रको व्यवस्थ गर्ने माग गरेका थिए ।

स्थानिय शान्ति समिति धनुषाको संयोजक कोमल कान्त झा तथा समितिका निमित्त कार्यालय सचिव बिनोद महराको अध्यक्षतामा भएको कार्यक्रमा अधिकांश वक्ताहरुले द्धन्दको घाउलाई सरकारले मलहम लगाउनु पर्नेमा पिडामाथि झन् पिडा थपेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.