Radhika_sah_sahid
हुलाकी न्यूज, काठमाडौं १३ चैत । मधेश–थरुहट आन्दोलनका सहिद परिवारका लागि एक जना युवाको प्रयासले एक जना सहिद परिवारका सदस्यहरुको जीवन सुधारिने भएको छ ।

काठमाडौंमा व्यवसाय गरिरहेका र समाजसेवामा सक्रिय सरोज रायको प्रयासले एक जना सहिद परिवारका छोरा र छोरी जीवन यापनमा सहज हुने भएको छ ।

उनको प्रयासले सहिद राधिका साहकी छोरीले स्वरोजगार हुने छिन् भने उनका छोराले पढन पाउनेछन् । राय भूकम्पमा पनि राहत वितरणमा सक्रिय थिए भने जाढोमा मधेशका जिल्लाहरुमा कपडा वितरणमा सक्रिय थिए ।

रायको प्रयास बारे उनले भनेका छन् :

Saroj_raiराधिका साह तीनै महिला सहिद हुन्, जसको मधेश आन्दोलनको क्रममा नवलपुरको घटनामा मृत्यु भएको थियो । उनको तीन छोरी र एक छोरा छन् । उक्त घटनादेखि उनको श्रीमानको मानसिक अवस्था असन्तुलित भएको छ । उनी दिनभरी बरालिरहन्छ । मन लाग्यो भने घर आउँछन्, नत्र घर पनि आउदैनन् ।

उनका दुई छोरीहरुको विहे भइसकेको छ । अहिले एक जना छोरी र एक जना छोरा घरमा छन् । तिनीहरुको जिविकोपार्जन राधिकाले दैनिक ज्यालादारी वा साना तिनो ब्यापार गरेर गर्थिन । तर अहिले उनको मृत्युसँगै उनको छोरा छोरीको विजोग भएको छ ।

यतार्थ बुझ्न स्वंम शिवकुमारी (शहिदको छोरी)संग फोनमा सम्पर्क गर्दा, उनले आफ्नो जिवीका चलाउन र आफ्नो ५ कक्षा पढ्ने भाईका लागी पहल गरिदिन अनुरोध गरिन् । उनीहरूको लागी एउटा चिया खाजा पसल खोलिदिने प्रस्ताव राख्दा शिवकुमारीको रूची सिलाईतर्फ रहेको र अहिले उनी सिलाई सिखीरहेकी थाहा पाउँंदा उनलाई सिलाई नै सिख्न प्रोत्साहित गर्दै एउटा सिलाई मशीन उपलब्ध गराई दिन वाचा गरे ।

साथै उनका भाईको पढ़ाईको लागी जनकपुरको एउटा स्कुलमा पहल पनि गरिदिएको छु । स्कुलको संचालकले हिजो नै फोन गरेर आफ्नो स्कुलमा उक्त शहिदको छोरालाई कक्षा १० सम्म आफ्नै होस्टलमा राखेर निःशुल्क पढ़ाई दिने जिम्मेवारीको पुष्टि गर्नु भएछ । यही चैत्रको अन्तिम तिर म स्वंम गएर निजलाई भर्ना गर्नेछु ।

जनकपुरधामको नोबेल इग्लिस बोडिग स्कुलले उक्त बच्चालाई पढाउने जिम्मेबारी लिएको छ । स्कुलका संचालकलाई धेरै धेरै धन्यवाद ।

यदि उक्त परिवारको लागी तपांईमध्ये कोई पहल गरिरहनु भएको छ वा पहल गर्ने विचारमा हुनुहुन्छ भन्ने कृपया एकचोटी मसंग सम्पर्क गर्नु होला । मिलेर सहयोग गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.