Bar_nepal
हुलाकी न्यूज, काठमाडौ १३ चैत । नेपाल बार एसोशिएनको निर्वाचनमा मधेश एजेण्डामाथि राजनीति हुन थालेको छ । निर्वाचनका प्रत्यासीहरुले मधेशको माग पुरा गराउने दाबी गर्न तछाडमछाड गर्न थालेका छन् ।

बारको निर्वाचनमा मधेशी अधिवक्ताहरुको मत निर्णायक हुने गरेकोले उम्मेदबारहरुले मधेशीको मागलाई उचाल्न थालेका छन् ।

आगामी चैत्र २० गते बारको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनका प्रत्यासीहरुले मधेश समस्याको समाधानका लागि आ–आफ्नो समूहले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा बृहद लोकतान्त्रिक समूहका अध्यक्ष पदका प्रत्यासी शेरबहादुर केसीले मधेश समस्या समाधानका लागि न्यायपूर्ण आवजसहित दवाव सृजना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै समस्या समाधानमा मध्यस्थताको भूमिका निर्वाह गर्ने दाबी गरे ।

त्यस्तै बृहद प्रगतिशिल समूहका अध्यक्ष पदका प्रत्यासी विजयकान्त मैनालीले पेशागत सस्थाको रुपमा रहेको बारलाई राजनीतिबाट मुक्त गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सामाजिक अभियन्ताको रुपमा मुलुकको संविधान कार्यान्वयन र मधेशको समस्या समाधानका लागि मध्यस्थताको भूमिका खेल्ने दाबी गरे ।

उनले भने,‘मधेशको समस्या समाधानमा तटस्थ र मध्यस्थ बनेर संविधानको कार्यान्वयनका लागि बारले भूमिका खेल्नु पर्छ  । विगतमा भएका कमजोरीहरु सच्याउँदै राम्रा कामहरुलाई अगाडि बढाउँदै बारलाई पेशागत सस्थाको रुपमा विकास गर्नु पर्छ ।’

त्यस्तै कानून अध्ययन समाजको तर्फबाट अध्यक्ष पदका प्रत्यासी रामप्रसाद प्रजापतिले देशको अखण्डता, स्वतन्त्रता, मानवअधिकारको पक्षमा निरन्तर अभियान चलाउने, आस्थाको आधारमा सदस्य वितरण गर्ने पद्धतिको अन्त्य गर्ने  र न्यायधीसको नियूक्तीमा तटस्थ भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता औल्याए ।

अर्का, बृहद लोकतान्त्रिक समूहका महासचिव पदका प्रत्यासी खम्बबहादुर खातीले सरकार र राजनीतिक दलले गर्ने नियूक्त नस्विकार्ने स्पष्ट पार्दै आफ्नो प्यानल रहने बारले मधेशको समस्या समाधानका लागि मध्यस्थताको भूमिका निर्वाह गरेर संविधान कार्यान्वयनमा सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

बृहद प्रगतिशिल समूहका महासचिव पद्का प्रत्यासी दिनमणी पोख्रेलले भने,‘मधेश समस्या समाधानका लागि दवाव दिनु पर्छ । मधेशमा भएको मानवअधिकार उल्लघनको घटना छानविन गर्न न्याययिक आयोग गठन गर्नु पर्छ । यसका लागि बारले भूमिका खेल्नु पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.