
हुलाकी न्यूज, जनकपुरधाम १२ चैत । छोरा जन्माउन नसकेको आरोप श्रीमतिमाथि लगाउँदै दोस्रो विवाह गरेका धीरज कामत पक्राउ परेका छन् ।
धनुषा खजुरीका २९ वर्षीय धीरज कामतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । धीरजकी पहिलो श्रीमति संगिता कुमारीका भाईले शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएपछि उनी पक्राउ परेका हुन् ।
बहिनी संगिता कुमारीको ज्यान जोगाई खान लाउन व्यवस्था गरी पाउँ भन्दै दाई परमेश्वर कापडिले जिप्रका धनुषामा जाहेरी दर्ता गराएका हुन् ।
दोश्रो विवाह गरेपछि बहिनी संगितामाथि अन्याय भएको र घरमा बहिनीलाई कुटपिट समेत गर्ने गरेको भन्दै जाहेरी दर्ता गराएको हो ।
२०६६ साल वैशाखमै धीरज कामत र संगिताको विवाह भएको थियो । तर २०७२ चैत १० गते घरमा दोश्रो श्रीमतीको रुपमा ४० वर्षिय तेतरी देवीलाई ल्याएपछि बहिनी संगितालाई कुटपिट गर्ने गरेको ज्यान नै खतरामा रहेकाले न्यायको लागि जिप्रका धनुषामा जाहेरी दिएको कापडिले बताए ।
पिडित संगिताका अनुसार छोरा नजन्माएको निहुँमा सासु, ससुरा र श्रीमान तथा जेठाजु लगयातले कुलछनी छिन् यिनलाई छाडेर अर्को विवाह गर्नुपर्छ भनि दोश्रो विवाह गरेको हो ।
File Photo



