
हुलाकी न्यूज, काठमाडौं १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केकै दिन प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओली ८ दिने भ्रमण सकेर १४ गते नेपाल फर्किदैछन् । सोही दिन प्रधानसेनापति क्षत्री चीन जान लागेका हुन् ।
मधेश–थरुहटमा आन्दोलनको तयारी भईरहँदा सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिएका प्रधानसेनापतिको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । अर्कोतर्फ प्रधानमन्त्रीको भ्रमणलगतै प्रधानसेनापतिको भ्रमणलाई राजनीतिक घटना क्रमसँग पनि जोडिदैछ ।
यता शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मिति २०७२ चैत १४ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।’ उल्लेख गरिएको छ ।
प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती रीता क्षत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापा लगायत ८ जना रहने विज्ञप्तिमा जनाइएको छ ।
एयर चाईनाको प्mलाईटमार्फत काठमाण्डौबाट चीनको छेन्दु हुदै बेईजिङ्ग तर्पm प्रस्थान गर्ने र भ्रमणको दौरान प्रधान सेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण लगायत उच्चस्तरिय पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
क्षत्रीसहितको उच्चस्तरिय भ्रमणदल चैत २० गते स्वदेश फिर्ता हुनेछन् ।



