Upendra_yadav
Upendra_yadav

हुलाकी न्यूज, काठमाडौं १२ चैत । नयाँ संविधानलाई चीनले स्वागत गरेको प्रति मधेशी मोर्चाका नेताहरु चिढिएका छन् । चीनसँग भएको सम्झौताप्रति पनि मोर्चाका नेताहरुको टिप्पणी आएको छ ।

शुक्रबार काठमाडौंस्थित रिपोर्टस् क्लवमा आयोजित पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनलाई गुहार्दै आन्दोलन नरोकिन्ने बताएका छन् ।

नेपालको संविधानलाई चीनले स्वागत गरेको प्रशंगमा बोल्दै यादवले भने,‘त्रुटिपूर्ण संविधानप्रति असन्तुष्ट रहेका बृहत् जनताले संविधानको स्वामित्व ग्रहण नगर्दासम्म, संविधानलाई नस्वीकार्दासम्म कसैले स्वागत गर्दैमा हामीलाई कुनै फरक पर्दैन ।’

‘सरकारले जे गरेपनि, चीन वा जसलाई गुहारे पनि असन्तुष्ट जनताको माग सम्बोधन हुने गरी संविधानको पुनर्लेखन नहुँदासम्म समाधान सम्भव छैन’, यादवले भने ।

‘माग सम्बोधनका लागि हामीले चैत्र मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएका छौं, त्यो नभए चैत्र मसान्तपछि हिमाल पहाड र मधेशबाट एकसाथ आन्दोलनको विगुल फुक्दै छौं । सरकारका लागि वार्ता र संवादमार्फत् समाधान गर्न चैत्र मसान्तसम्म मौका छ’– यादवले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.