हुलाकी न्यूज, कलैया, १२ चैत । बारा जिल्लामा प्रहरीले एक महिलाको शव जलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनका श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
हत्याका आरोपित बृजकिशोर फरार छन् । प्रहरीले २ जना आफन्त महिलालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
(File Photo)



