हुलाकी न्यूज, लहान, १२ चैत । सिरहाको धनगढीमाई नगरपालिकामा बिहिबार साँझ एक युवक आफ्नै पितालाई बियरको बोतलले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
धनगढीमाई –१० का २० वर्षीय सञ्जय सदाले बोतलले प्रहार गरी आफ्ना पिता ४० वर्षीय लक्ष्मीको हत्या गरेको अभियोग प्रहरीले लगाएको छ ।
बुहारीले राखेको पैसा झिकेका विषयमा पिताले गाली गरेपछि छोराले आवेगमा आई उनको हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
टाउकामा बोतलले लागेर सदाको घटनास्थलमै मृत्यु भएको थियो । अभियुक्त सञ्जयलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।



