ang kaji
हुलाकी न्युज, काठमाण्डौ, १२ चैत । सामाजिक सञ्जालमार्फत भ्रामक समाचार पोस्ट गरेको भन्दै एकपटक पक्राउ परिसकेका जनजाति नेता आङकाजी शेर्पाले एकपटक फेरि फेसबुकमा विवादित स्टेटस लेखेका छन् ।

उनले बेलायति राजकुमार ह्यारी, नेपालका पूर्वयुवराज पारस शाह र एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । ह्यारीले भुकम्पपिडित नेपालीलाई सघाउँदै गरेको, पारस पक्राउ परेको र प्रकाश सुतेको अवस्थाको फोटोमा शेर्पाले लेखेका छन् :
“३ ह्यारी
कहानी थरीथरी
(१) बेलायतको ह्यारी भुकम्प पीडित नेपालीको साथमा
(२) ज्ञानेन्द्रको ह्यारी हिरोइन सहित हतकडी हातमा
(३) प्रचण्डको ह्यारी मदीराको मस्त नसामा”
यसैबिच चैत ७ मा जनजाति संघका पूर्व महासचिव समेत रहेका शेर्पामाथि नेपाल सरकारले विद्युतिय कारोबार ऐन अन्तर्गत लगाएको अभियोगमा दाबी नपुगेको ठहर गर्दै उनलाई काठमाण्डौ जिल्ला अदालतले न्यायिक सफाइ दिएको छ ।

उनलाई कैलाली घटनाको बारेमा भ्रामक समाचार पोस्ट गरेको भनि प्रहरीले भाद्र १६ गत्ते पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.