protest in birgunj
हुलाकी न्यूज, वीरगन्ज, १२ चैत । वीरगन्जमा शुक्रबारदेखि सुरु हुने दोस्रो वीरगन्ज व्यापार महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने पक्का भएपछि त्यहाँ प्रदर्शन शुरु भएको छ । वीरगञ्जका विभिन्न चोकहरुमा मधेसी मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।

यसअघि बिहिबार नै मधेसी युवाहरुले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गर्दै घण्टाघर अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा मधेशी युवाहरुले प्रचण्डको पुत्लादहन पनि गरेका थिए ।

तरपनि महोत्सवको उद्घाटन गर्न प्रचण्ड वीरगञ्ज पुग्ने भएपछि मोर्चाको कार्यकर्ताहरुले ब्यानरसहित विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

डेढ दर्जन प्रदर्शनकारी पक्राउ

यसैबिच वीरगञ्जको घण्टाघर चोकमा कालोझण्डा बोकेर प्रदर्शन गरिरहेका डेढ दर्जन मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टी केन्द्रीय सदस्य राजेशमान सिंहलागयत रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.