American_Madheshi_party
हुलाकी न्यूज, काठमाडौं १२ चैत । मधेश–थरुहटमा जारी आन्दोलनप्रति ध्यानाकर्षण गर्दै आएको अमेरिका पुनः नेपाल सरकारलाई दबाब दिने भएको छ ।

अमेरिकन दुतावासकी राजनीतिक तथा आर्थिक प्रमुख एण्ड्रिय गुडमैनले अमेरिकी सरकारले मधेश–थरुहट आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाल सरकारलाई पुनः आग्रह गर्ने बताएकी छन् ।

उनले आन्दोलन बारे अमेरिकाले सुक्षम अध्ययन गरिरहेको र नेपाल सरकारलाई बारम्बार दबाब दिइरहेको बताइन् ।

शुक्रबार दिउँसो सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको भेटघाटमा उनले मधेश–थरुहट आन्दोलनमा राज्य पक्षबाट गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटनाहरु भएको र त्यसप्रति आफुहरु चनाखो रहेको बताइन् ।

भेटघाटमा सहभागी रहेका सदभावना पार्टीमा सहमहासचिव देबेन्द्र यादवले गुडमैनको भनाईलाई उधृत गर्दै हुलाकी न्यूजलाई भने,‘आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकी सरकारले बारम्बार दबाब दिदै आएको छ । पुनः नेपाल सरकारलाई वार्ताको माध्यमले आन्दोलनलाई निष्कर्षमा पु¥याउन आग्रह गर्नेछ ।’

यादवका अनुसार गुडमैनले मधेश–थरुहटमा राज्य पक्षबाट भएका मानवअधिकार हनन्का घटनाहरुलाई उच्च प्राथमिकतामा राखेको बताए ।

भेटघाटमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलन बारे जानकारी गराएका थिए ।

महतोले राज्य पक्षबाट वार्ताको नाटक मात्र भइरहेको र सरकार अहिलेसम्म भम्भीर नभएको बताए । महतोले सरकारलाई अझ दबाब दिन आवश्यक रहेको सुनाए ।

Rajendra_mahato_with_american

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.