motipur
हुलाकी न्यूज, रुपन्देही, १२ चैत । रुपन्देहीको मोतिपुरमा नयाँ औद्योगिक क्षेत्र स्थापना हुने भएको छ । सरकारले नेपालका सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेसँगै ५ नं प्रदेशको प्रस्तावित नयाँ औद्योगिक क्षेत्र रुपन्देहीको मोतीपुरमा स्थापना हुने भएको छ ।

मोतीपुरमा ८ सय १३ बिघा जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले शुक्रबार प्रस्तावित क्षेत्रमै पुगेर त्यस क्षेत्रको निरिक्षण गरे ।

मन्त्री पाण्डेयले सबै प्रदेशमा बन्ने औद्योगिक क्षेत्रलाई अन्तर्रा्ष्ट्रियस्तरका बनाएर अन्तरराष्ट्रिय लगानी भित्र्याइने बताए । उक्त क्षेत्रमा उद्योग स्थापना गरी रोजगारी सिर्जना, गरिबी निवारणका साथै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्ने उनको भनाइ थियो ।

सातै प्रदेशमा कम्तीमा छ महिनाभित्रैमा प्रस्तावित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन बनाउने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले काम अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.