anil kumar jha
हुलाकी न्यूज, काठमाण्डौ, ११ चैत । नेपाल सद्भावना पार्टिका अध्यक्ष अनिल झाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमाथि टिप्पणी गर्दै उनको भ्रमणलाई ‘सौताको रिसले पोइको काखमा पिसाब गर्नु’ सरह भएको बताएका छन् ।

‘प्रधानमन्त्रीको भ्रमण फगत औपचारिकतामा सिमित भएको छ । सौताको रिसले पोइको काखमा पिसाब फेरेर के हुन्छ ?’ उनले प्रश्न गरे ।
उनले एक सञ्चारमाध्यसँग कुरा गर्दै यो भ्रमणबाट नेपाल भारतको आर्थिक तथा सामाजिक सम्बन्धमा कुनै असर नपर्ने पनि स्पष्ट पारे ।

‘प्रधानमन्त्रीले हिमालयन एयरलाइन्सको जहाजमा ग्यासका दुई चार सिलिन्डर र तेलका ट्याङकर हालेर ल्याउने आशा काठमाडौंका एलिटहरुले गरेका थिए,’ मधेशी मोर्चाका नेता झाले व्यंग्य गर्दै भने, ‘तर उनीहरु निराश बन्नुपर्ने भएको छ ।’

मधेसी दलहरु नेपालको ठूलो राजनीतिक शक्तिकेन्द्र हुन् भन्ने चीनले बुझेको उल्लेख गर्दै उनले आफूहरु चीनविरोधी भने नभएको प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.