
हुलाकी न्युज, काठमाण्डौ, ११ चैत्र । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके र दाङ जिल्लाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहिबार जुम्लाको एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महत नगरपालिका–९ का २१ वर्षीय प्रताप खत्री रहेका छन् ।
यसैगरी, दाङ जिल्लाको पुरन्धारा–६ बस्ने १६ वर्षीय टोपबहादुर वली लगायतका युवाहरुले होली खेल्ने क्रममा दुइ बालिकालाई बलत्कार गरेका छन् । सोही ठाउँ बस्ने १२ वर्षीया र १० वर्षीया २ बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
उक्त बलत्कारको घटनामा वलीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
(File Photo)



