rape-
हुलाकी न्यूज, कपिलवस्तु, ११ चैत । कपिलवस्तुको हर्दौना गाविसमा एक ११ बर्षीया भारतीय बालिका बलात्कृत भएकी छिन् । भारत सिद्धार्थनगरको अररी ग्राम पञ्चायत अन्तर्गत कप्सिहवाका बालिकालाई हर्दौना गाबिस ८ मुजहनीका २२ बर्षीय बादशाह फकिरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

भारतबाट मुजहनी स्थित आँप बगैँचामा आँपको पात बटुल्न आएकी उनलाई बुधवार फकिरले जबरजस्ती गरि सोतवा नाला किनारको रहरबारीमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार पछि रगताम्य अवस्थामा सीमा प्रहरी चौकी हर्दौना सम्म पुर्याइएकी उनलाई अहिले उपचारका लागी जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

पीडक फकिर भने घटना लगत्तै फरार रहेको र निजको खोजी जारी रहेको सीमा प्रहरी चौकी हर्दौनाका प्रहरी नायब निरिक्षक शिव कुवँरले जानकारी दिए ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.