
हुलाकी न्यूज, काठमाडौं, ११ चैत्र । ‘क्लिन जनकपुर’ सहितका विभिन्न सामाजिक तथा चेतनामूलक अभियानमा संलग्न जनकपुरका युवा राहुल झाले मिस्टर नेपालमा भाग लिएका छन् ।
एक्सपोज नेपाल नामक संस्थाले आयोजना गर्न लागेको ‘मिस्टर नेपाल २०१६’ प्रतियोगितामा जनकपुरका युवा झा प्रतिस्पर्धीका रुपमा सहभागी छन् । झा युथ नेटवर्क जनकपुर नामक संस्थाका अध्यक्ष छन् भने उनले विभिन्न किसिमका सामाजिक गतिविधि र चेतनामूलक कार्यक्रमहरु समेत गर्दैआएका छन् ।
झाले आफूले मिस्टर नेपालमा जनकपुरको प्रतिनिधित्व गरेको बताएका छन् ।




VERY GOOD