
हुलाकी न्यूज, काठमाडौँ, ११ चैत । अब मोबाइल सेटको विशिष्ट पहिचान अंक अर्थात् आइएमइआई नम्बर नभएको मोबाइल फोन नेपालभरी नचल्ने भएको छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।
प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ को आन्तरिक कार्यविधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ । तर हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाभित्र नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्ने बताइएको छ ।
सो अवधिमा पनि कसैले आइएमइआई नम्बर नलिए उक्त मोबाइल स्वत ब्लक हुनेछ । अवैध तरिकाबाट नेपाल भित्र्याइएका मोबाइलको पहिचान गरि बन्द गर्न प्राधिकरणले यसो गर्न लागेको हो ।
आगामी वैशाख १ गत्तेपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ । आधिकारिक आइएमइएआई नम्बर नभएका जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए ।




विशेष के कार्ने होनि तेस्तो गर्न खोजेको केहामी लाई बताइनुन ल
yiniharule khali khali garib lai lutne plan matrai garna sakcha, thukka, bidesh ma basne le ke ghar pariwar lai mobile pathaudaina, duniya ko jhanjat matrai lagaun khojcha, desh ko lagi kunai bikas ko yogna banauna budhi chaina, janta lai lutne bahana matrai, tai bhayer t nepal ko yo halat cha,
Ime nambar lina kati paisa lagne ho..?
जुन गोरूको सिङ् हुँदैन अनि पुछर हुँदैन तै गोरूहरूको नाम तिखे र फूर्के भने झैं सियो पनि नबन्ने नेपालमा मोबाईलको कुरा गर्छ ।