siraha police
हुलाकी न्यूज, सिरहा, ११ चैत । सिरहामा होली मनाउने क्रममा अमर्यादित क्रियाकलाप गरेको भन्दै ५० जना व्यक्तिलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी झगडा गर्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । होलीमा जथाभावी गर्ने, जबरजस्ती रङ दल्ने र असुरक्षित तवरले मोटरसाईकल चलाउनेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१५० मोटरसाइकल नियन्त्रणमा

त्यस्तै, १५० मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले असुरक्षित तरिकाले सवारी चलाउने, मादक पदार्थ सेवन गरि सवारी चलाउने, हेल्मेट नलगाई सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकालाई कानुन बमोजिम कारवाहि गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी ज्ञवालीले जनाए ।

होलीलाई लक्षित गर्दै सिरहामा चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.