women in mahottari
हुलाकी न्यूज, महोत्तरी, ११ चैत । अरुसँग होली खेलेको निहुँमा श्रीमानले कुटेपछि आत्महत्या गर्न इनारमा हाम फाल्न पुग्दा महोत्तरीकि एक महिला घाइते भएकी छिन् ।

बिजलपुरा ९ कि ३० वर्षीया कौशिलादेवी महतोलाई उनका श्रीमान् घनश्याम महतोले बुधबार अरुसँग रङ खेलेको भन्दैे कुटपिट गरेका थिए । कुटाइ सहन नसकेर ती महिलाले ६० फिट गहिरो इनारमा हाम फाल्दा घाइते भएकि हाथिलेट प्रहरी चौकीले जनाएको छ ।

उनले घर नजिकैको सौदागर पासमानको इनारमा हाम फालेपनि उनलाई गाउँलेले डोरीको साहराले १५ मिनेटभित्रै उद्धार गरेका थिए । शरीरमा गहिरो चोट रहेको उनको उपचार अहिले बर्दिबासस्थित शुभस्वस्ति अस्पतालमा भइरहेको जनाइएको छ ।

आफूसँग पहिला होली नखेलेर देवर पर्ने अरुसँग खेलेको भन्दै मदिरा सेवन गरेका घनश्यामले श्रीमतीलाई कुटेको स्थानीय बासिन्दाको भनाइ छ । श्रीमती कुट्ने घनश्यामलाई हात्तीलेट प्रहरी चौकीले नियन्त्रणमा लिएपनि प्रहरीमाथि दबाब पर्दा उनलाई छाडिएको छ ।

घनश्यामले पटक पटक सामान्य कुरामा पनि कौशिलालाई दुव्र्यवहार र कुटपिट गर्दै आएका गाउँलेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.