JNU_Madhesh
हुलाकी न्यूज, नयाँ दिल्ली १० चैत । नयाँ दिल्लीस्थित जबाहरलाल नेहरु युनिर्भसिटी(जेएनयु)मा नेपालको संविधान जलाइएको छ ।

बुधबार साँझ जेएनयुमा अध्ययनरत मधेशी–थारु विद्यार्थीहरुले नेपालको संविधान जलाएको हो । साथै मधेश–थरुहटमा जातीय नरसंहार गरेको भन्दै नेपालका प्रधानमन्त्री केपी ओलीको पुतलासमेत दहन गरिएको छ ।

हालै नेपालमा जारी भएको संविधान विभेदकारी रहेको भन्दै मधेशी–थारु विद्यार्थीहरुले जलाएका हुन् । उनीहरुले मधेशीहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

बुधबार होलीका दहन स्वरुप संविधान र प्रधानमन्त्रीको पुतला दहन गरिएको विद्यार्थीहरुको भनाईरहेको छ ।

JNU_madhesh-1 JNU_madhesh-2

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.