Pawan_singhaniya_mahamurkha
हुलाकी न्यूज, जनकपुरधाम १० चैत । समाजसेवी तथा व्यवसायी पवन सिंघानियालाई यस वर्षको महामुर्खको उपाधि दिइएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष हुने महामुर्ख सम्मेलनमा समाजका लागि विशेष योगदान गर्ने एक जना व्यक्तिलाई महामुर्खको उपाधि दिइने गरिएको छ ।

जनकपुरधामको जिर्न समसान घाटलाई पुर्ननिर्माण गरी रमणीय स्थल बनाएकोमा सिंघानियालाई उक्त उपाधि दिइएको हो ।

महामुर्ख सम्मेलनको आयोजना जनकपुरको नाट्य संस्था मिथिला नाट्य कला परिषदले गर्दै आएको छ ।

त्यसैगरी यसवर्षको अन्य उपाधिहरुमा उमेश साह, शिबशंकर साह, ज्ञानेन्द्र झा, जीवनाथ चौधरी र संसद दिनेश साहलगायतलाई प्रदान गरिएको छ ।

Mahamurckha_sammelan Mahamurkha_sammelan_2 Mahamurkha_sammelan_3तस्बिरहरु : श्यामशुन्दर शशी र बीरेन्द्र रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.