
हुलाकी न्यूज, काठमाडौं, १० चैत । सिँचाईमन्त्री उमेश यादवले अहिलेकै काम गराईको तरिका रहे सात पुस्ता सम्ममा पनि नेपाल समृद्ध बन्न नसक्ने बताएका छन् ।
काठमाडौंमा बुधबार होली मनाएका यादवदे काम गराईको शैलीलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । एक मन्त्रालयले अर्काे मन्त्रालयमा पठाएको चिठी र फाइल पुग्न हप्तौं लाग्ने गरेको भन्दै यादवले यस्तो तरिकाबाट मुुलुक बन्न नसक्ने हुँदा काम गराईको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री यादवले सबै नेपालीले एक अर्काको अस्तित्व स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिए । यस वर्षको होली पर्व पहाडमा मंगलबार मनाइएको थियो भने मधेशमा बुधबार धुमधामका साथ मनाईंदैछ ।



