
हुलाकी न्यूज, गौर, चैत १० । रौतहटको सदरमुकाम गौरस्थित कारागारमा रहेका कैदीले जिल्लाका सांसद र प्रजिअसँग होली मनाएका छन् ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ५ का सांसद सुनिल यादव र प्रमुख जिल्ला अधिकारी नरहरि बरालले कैदी बन्दीसँगै होली मनाएका हुन् । कारागार भित्र जेल जीवन बिताइरहेका १ सय ३३ पुरुष र १२ महिला कैदीले बुधबार सामुहिक रुपमा होली मनाए ।
सांसद यादव र प्रजिअ घिमिरेले रंग र अबिरको पर्व होली मनाउनको लागि सबै कैदीलाई केही रकमको व्यवस्था मिलाएको बताए । ‘जेल जीवन बिताइरहेका कैदीका साथ रंग अबिर साटा साट गरी होलीपर्व मनाएँ, प्रजिअ घिमिरेले भने, ’यँहाको लोक संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले कैदीसँग सामुहिक रुपमै होली मनाएका हौं।’
(File Photo)



