rajendra mahato

हुलाकी न्यूज, काठमाण्डौ, १०चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस वर्षको होली नमनाउने बताएका छन् । यसवर्ष भएका विभिन्न घटनाहरु सम्झँदै उनले उत्सव मनाउने अवस्था नभएकोले होली नमनाएको बताएका छन् ।

नेपालका मधेशी समुदायले बुधबार होली मनाइरहँदा महतो भने काठमाडौंको आफ्नो निवासमा आराम गरिरहेका छन् । उनले विगतमा होलीको अवसरमा प्रत्येक वर्ष आफ्नो गृह जिल्ला सर्लाही गई हर्षोल्लासका साथ होली मनाउने गरेका थिए ।

तराई मधेस केन्द्रित सात राजनीतिक दलहरुको संयुक्त मधेसी मोर्चाले गत सोमबार नै विज्ञप्ती जारी गरी यस वर्षको होली पर्व नमनाउने निर्णय गरेको भएपनि मोर्चाको निर्णयप्रति कतिपय नेताहरुले भने सहमती जनाएका छैनन् ।

यसैगरी आन्दोलनको प्रसंगमा महतोले आफूहरुको माग पूरा नभए आगामी नयाँ वर्षको वैशाखदेखि झनै कठोर आन्दोलन शुरु गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.