Anil_kumar_jha
हुलाकी न्यूज, काठमाण्डौँ , चैत । नेपाल सद्भावना पार्टिका अध्यक्ष अनिल कुमार झाले मधेशी र जनजातिले खस आर्यसँग एक भएर लड्नुपर्ने बताएका छन् ।

मधेशी र जनजाति एक्लाएक्लै खस आर्यसँग लड्न नसक्ने भएकाले मधेशी र जनजाति एक हुनु समयको माग रहेको झाको भनाइ छ ।

एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा आगामि वैशाख पहिलो सातादेखि कडा आन्दोलन हुन गइरहेको जानकारी दिँदै झाले भनेका छन् , ‘यो सबैको नेपाल हो, आदिवासी, जनजाति र खस आर्यको पनि हो भन्ने अनूभूति गराउनका लागि आन्दोलन हुन गइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.