United_madhesh_Delhi
हुलाकी न्यूज, नयाँ दिल्लीं १० चैत । युनाईटेड मधेशी नयाँ दिल्लीले होलीमा उठ्ने रकमको २० प्रतिशन मधेश आन्दोलनका घाइतेको उपचारमा खर्च गर्ने जाएको छ ।

‘नट माई कन्सिच्युसन’लेखिएको टि–सर्ट लगाएर होली खेल्ने उनीहरुले उक्त टि–सर्टको विक्रीबाट उठ्ने रकमको २० प्रतिशत रकम दिल्लीमा उपचाररत मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई दिनेछ ।

युनाईटेड मधेशीका अध्यक्ष संजय यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार विहीबार नयाँ दिल्लीमा होली खेलिनेछ । उनले होलीमा नेपालका प्रधानमन्त्री केपी ओलीको पुतला दहनसमेत गर्ने जनाए ।

यादवले आन्दोलनको माग पुरा नभएसम्म आन्दोलनमा सक्रिय रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.