
राम नारायण पंडित, सिरहा ९ चैत । होलीलाई मध्यनजर गरी मधेशका जिल्लाहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीलगायतका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिउको हो ।
होलीको नाममा जथाभावी लोला हान्ने, मोबिल लगाउने, जोर जबरदस्ती रंग अबिर लगाउने र पानी हाल्नेलाई कानुनी कारवाही गरिने चेतावनी सुरक्षा अधिकारीहरुले दिदै आएको छ ।
विगतमा होलीमा भएको अप्रिय घटनालाई मध्यनजर तथा होलीको दिन कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले जिल्ला सदरमुकामसहित मातहतका युनिटहरुलाई सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन सुरक्षा अधिकारीहरुले दिएका छन् ।
होली पर्वको नाममा बढ्दै गएको विकृतिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी श्याम ज्ञावालीले बताए । जिल्लामा होलीको दिन मादकपदार्थ सेवन गरी जथाभावी हो–हल्ला गर्ने, मापसे गरी सवारी चलाउनेलाई समेत कारवाही गर्ने जानकारी एसपी ज्ञवाली चेतावनी दिए ।
यता, होलीको मध्यनजर गर्दै आफ्नो ईलाका भित्र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक डिएसपी श्याम चौधरीले जानकारी दिए । होली अवधिभर कुनै पनि प्रकारको अप्रिय घट्ना घट्न नदिई शान्ति सुरक्षालाई थप चुस्त दुरुस्त र मजबुद बनाउन ईलाका प्रहरी कार्यालय मिर्चैयाले मजबुद सुरक्षा योजना बनाई व्यापक मात्रामा प्रहरी परिचालन गरेको डिएसपी चौधरीले दाबी गरे ।
शान्ति सुरक्षाको स्थितीलाई असमान्य बन्न नदिई थप मजबुत पार्न कडाईका साथ ट्राफिक चेकिङ्ग, २४ सै घण्टा सवारी गस्ती, मोटरसाईकल गस्ती, पैदल गस्ती र पिकेट गस्ती परिचालन गरिएको उनले बताए । होलीमा कुनै प्रकारको अ्िरय घटना हुन नदिन माइकिङ्ग समेत गरीएको छ ।
होलीको बहानामा उछृंखल गतिबिधि गर्ने जो कोहिलाई तत्काली नियन्त्रणमा लिई प्रकृति हेरी कार्वाही गर्ने उनले चेताबनी दिए ।
स्थानहरुमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाईएकोे छ । यस बर्ष फाल्गुन ९ गते पहाडी भेगमा र १० गते तराई भेगमा होली मनाईदै छ ।



