phaguwa_furdang
रंजन भण्डारी, जलेश्वर ९ चैत । जलेश्वरमा फगुवा फुरदंग कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार लोप हुदै गएको जोगिरा गाउन होल्लैयाका दुई टोली सहभागी भएका थिए । उनीहरुले जोगिरा गाउँदा स्थानीयबासीहरु मन्त्रमुघद भएका थिए ।

त्यसतै कविहरु काशिकान्त झा, मनोज झा मुक्ती, अमरकान्त अमर, प्रभु मिश्र, गोपाल झा, राजकिशोर ठाकुर, विवेकानन्द ठाकुर लगायतका दर्जनौ कविहरुले मधेश आन्दोलनलाई केन्द्रिकृत गर्दै मधेशी दलहरुको निरिहता प्रति व्यगं गरेका थिए ।

साथै महोत्तरी र धनुषाका प्रख्यात रचनाकारहरुले आफ्नो रचनाको माध्यमले समाजमा विद्यमान कुरिती र कुसंस्कार समेत उजागर गर्नुका साथै स्थानीय समस्या र सो समस्या भोगिरहेका नागरिकलाई व्यगं मार्फत त्यसता समस्या सहनु भन्दा त्यसको कारण खोजी समस्या समाप्त पार्न तिर अग्रसर हुनु पर्ने जनमानसमा चेतना जगाउन प्रयास गरेका थिए ।

धनुषा, महोत्तरी, सिरहा र सर्लाहीलगायतका तराई–मधेशमा विशेष धार्मिक महत्वका साथ मनाईने होली पर्व र सो पर्वमा परम्परादेखि चल्दै आएको जोगिरा लगायतका लोक गितहरुलाइ जिवन्त राख्ने उदेश्यले विगत ४ वर्षदेखि कार्यक्रम हुँदै आएको छ । विगतमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, मिथिला साँस्कृतिक विकास केन्द्र तथा जलेश्वर स्थित रेडियो मिर्ची, रेडियो अपन मिथिला, रेडियो रुद्राक्ष र रेडियो जलेश्वरनाथको विशेष सहयोग रहदै आएको फगुवा फुरदंग कार्यक्रम यसपाली भने स्थानिय युवा रोहित चौधरीको संयोजनमा आयोजना गरिएको थियो ।

कार्यक्रमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षकहरु, नेपाली सेना लगायतका सवैलाई आमन्त्रण गरिएपनि उनीहरु सहभागी भएनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.