
हुलाकी न्यूज, काठमाडौं ९ चैत । जनकपुरधामबाट अपहरणमा परेको भन्दै खोजतलास गरिएका एक जना किशोर काठमाडौं घुम्न आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ४ दिनदेखि हराई रहका उक्त किशोरलाई काठमाडौंमा फेला पारेको जनाएको छ ।
जनकपुर उपमहानगर पालिका वडा नम्बर १४ रजौल बस्ने अमलेश मिश्रका छारा १३ वर्षीय नितेश मिश्रलाई प्रहरीले सोमबार काठमाण्डौंमा फेला पारेको हो । धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जनाए अनुसार आफनै खुसी राजीले काठमाण्डु घुम्न गएका थिए ।
‘प्रारम्भिक अनुसन्धानमा मिश्र स्वेच्छाले काठमाण्डु गएको देखिएको छ’ प्रउ जोशीले भने–‘मिश्र हाम्रो नियन्त्रणमा छन् । उनलाई अपहरण गरिएको थिएन ।’ परिवारजनले किसोर मिश्रको अपहरण भएको आशंका गरेका थिए ।



