अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २६ भदौ । शुक्रबारको आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बन्दको २९ औं दिन शनिबार महेन्द्रनगरमा शान्ति जुलुस निकालिएको छ । सयौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको जुलुसले नगर परिक्रमा गरेको थियो ।
जुलुसमा स्थानीय जनतासँगै मधेशी मोर्चाका घटक दलहरु, ए.माओवादी, नेकपा–माओवादी, नेपाली कांगे्रस, एमालेलगायत सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
जुलुसमा युवा, बुद्धिजिवी, व्यापारीहरुको उल्लेख्य सहभागिता थियो ।
महेन्द्रनगरको हनुमान चौकबाट निकालिएको जुलुस सखुवा चौक, पेपर मिल रोड, अमर चौक, क्षीरेश्वर चौक, नयाँ बजार हँुदै पुनः हनुमान चौकमा पुगेर समापन भएको थियो ।




