परमेन्द्र भगत
१० वर्षमा धरातलीय यथार्थ धेरै फरक भइसकेको छ । अहिले गाउँगाउँमा धेरै
व्यक्तिसँग मोबाइल फोन छ । पुलिसद्वारा गरिने हत्याको समाचारको एक-एक
डिटेल मोबाइल फोन–टू–मोबाइल फोन गर्दै मधेस भरि केही घण्टाभित्रै आफ से आफ
फैलिन्छ । अखबार को जरुरत छैन । रेडियो पनि बासी समाचार जस्तो । मधेसी
जनता आफै मीडिया हो आजको मितिमा ।
पहाड़ी मीडियाले भने बड़ो नाटकीय ढंगले मधेस लाई ब्लैकआउट गर्ने कुचेष्टा
गर्छ । त्यसले जनतालाई गुमराह गर्दैन । बरु आफुले थाहा पाएको यथार्थ र
पहाड़ी मीडियाले लुकाएको यथार्थ बीच को ठुलो खाडल ठम्याउन सहयोग गर्छ, अनि
जनता झन झन आक्रोशित हुन्छ । १० वर्ष अगाडि को बालक आज २० वर्ष को लक्का
जवान छ । उसँग पंचायती व्यवस्थाको यादाश्त छैन ।
पहाड़ी मीडियाले एउटा हार्ने लड़ाई छेरेको छ । उसको मधेसलाई देखा–अनदेखा
गर्ने प्रयास एक किसिमले हास्यास्पद छ । तर, छैन पनि । त्यही विभेदले हो,
मान्छे मरेको । त्यसै पहाड़ी मीडिया ले पाउनुपर्ने, तर अहिले नपाएको पुर्ण
प्रेस स्वतंत्रता, यिनै मधेसी शहीदले दिलाउने हुन् ।
पहाड़ी मीडियाभित्र रहेको मधेसविरोधी पूर्वाग्रह निजी क्षेत्रको पूर्वाग्रह हो । जहाँ आरक्षण लागु हुँदैन । तर Anti Discrimination Law भने लागु हुन्छ, जुन कि बनिसकेको छैन । पहाड़ी मानव अधिकार संगठन पनि त्यस्तै पुर्वाग्रही छन् । अरु त अरु, कृष्ण पहाड़ीले वाक स्वतंत्रता नबुझेको सत्य उदांगियो सीके राउत प्रकरणमा ।
मधेसीले समानता लिन्छ । त्यसका लागि काठमाण्डुको १०० प्रतिशत नाकाबंदी हुन्छ । समानताको संभावना नभए हामी छुट्टियौं । दक्षिण एशियाको आर्थिक एकीकरणसम्म का लागि टाटा बाई बाई । त्यो डाइवोर्स शांतिपूर्वक बनाउन सकिन्छ ।




yasto hinsa bhadkaune news lekhne patrakar huna sakdaina yo ta dalal huna sak6 jasle aandolanma uthaera aafu mukhya padko lalahit hun6 ra ta sidha sadha janata mar6 aandolan le sarbasadharanlai nai marka par6 hune khanelai hoina huda khanelai nai ho