हुलाकी न्यूज, काठमाडौं २६ भदौ । नेपाली काँग्रेसका थारु–मधेशी सभासद्हरु पार्टीको निर्देशन विपरीत मधेश–थरुहट आन्दोलनमा सहभागीता जनाउँदै आएका छन् । उनीहरु बेग्ला–बेग्लै छलफलमा सहभागी हुँदै पार्टीभन्दा फरक रणनीति बनाउँदैछन् ।

शनिबार विहानैदेखि विभिन्न पार्टीका थारु सभासद्हरु विभिन्न छलफलमा सहभागी भएका छन् । अर्को शनिबार दिउँसोदेखि सुरु भएको थारु सभासद्हरुको बैठकले साँझसम्म निर्णायक छलफल गर्ने हुलाकी न्यूजलाई जानकारी आएको छ ।

यता एक कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेसका थारु सभासद तेजुलाल चौधरीले आफूहरु संविधानसभाको मतदान प्रक्रियामा सहभागी नहुने बताएका छन् । उनले पार्टीका थारु सभासद्हरु थारु विरोधी संविधान ल्याउन मतदानमा सहभागी नहुने बताए ।

थारु पत्रकार संघको चौथो साधारण सभामा सहभागी भएका चौधरीले वार्ताको माध्यमबाट माग सम्बोधन नभए संविधान सभाको प्रक्रियामा सहभागी नहुने बताए । उनले अन्य जातजातिका सभासद्हरुसँग पनि छलफल जारी रहेको जनाए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.