
हुलाकी न्यूज, काठमाडौं ६ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको १५ दलीय संघीय गठबन्धनले शनिबार काठमाडौंमा कालो झण्डासहित प्रदर्शन गर्दैछ ।
शनिबार दिउँसो १२ बजेबाट रत्नपार्क शान्तिबाटीका बाट कालो झण्डासहितको रैली सुरु हुने गठबन्धनले जनाएको छ ।
कालो झण्डा रैलीमा गठबन्धनले सहभागी हुन सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । रैली माईतीघर मण्डलासम्म जाने बताइएको छ । फाईल फोटो टिएचटी



