जनकपुरधाम, ६ चैत । एमबीबीएस उतिर्ण गरेको मानिस ट्रयाक्टर चालकको काम गरिरहेको पत्यार लाग्न नसक्ला ?तर, यथार्थ हो ।चीनबाट एमबीबीएस उतिर्ण गरेका एकजना चिकित्सकले नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गर्न नसक्दा ट्रयाक्टर चलाएर जिवकोपार्जन गरेको बताएका छन ।
नक्कली चिकित्सक खोज्ने क्रममा प्रहरीले फागुन २३ गते पक्राउ गरेका धनुषाका प्रदीपकुमार गुप्ताले आफनो वयानमा काउन्सिलको परीक्षा उतिर्ण गर्न नसकेपछि ट्रयाक्टर चलाएको उल्लेख गरेका छन । चिकित्सकको लाइसेन्स परीक्षा दिन काठमाडौ आएका बेला उनलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुन कुन अस्पतालमा काम गर्यौ ? प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा गुप्ताले भने , ‘कहा“ काम गर्नु हजुर गाउमा ट्याक्टर चलाउदै आएको छु ।’
लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको उनले बताएकाछन । ६ बर्ष अघि चीनबाट एमबीबीएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिदा पनि सफल हुन सकेनन् । एमबीबीएस पढ्न आइएस्सीको नक्कली सर्टि्फिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।
सीआईबीले पक्राउ गरेका १५ नक्कली चिकित्सक मध्ये उनी एक हुन् । एमबीबीएस पढ्न आवश्यक प्राप्तांक आइएएस्सीमा नआएपछि गुप्ताले भारतबाट नक्कली प्रमाणपत्र किनेर चीनमा एमबीबीएस पढेका थिए । चिनिया कलेजहरुमा एमबीबीएस भर्ना भएपछि सामान्यत फेल नहुने भएकोले सन २०१० मा पढाई पुरा गरी उनी नेपाल फर्किए ।
तर नेपाल मेडिकल काउन्सिलले दिने चिकित्सक प्रमाणपत्र लिन उनी असफल भए । कतिपय अस्पताल तथा क्लिनिकमा गोप्यरुपमा काम गरेका उनी लाइसेन्स बनाउन नसकेपछि ट्याक्टर चलाउने काम समेत थालेको बताएका हुन ।
नेपालमा एमबीबीएस पढ्न ४० लाख बढी लाग्छ भने चीनमा करीब २५ लाखमै पुरा हुन्छ । प्रवीणता प्रमाण पत्र तहमा कम नम्वर ल्याएपनि सहजै पढ्न पाइने भएकोले नेपालीहरु चीन पढन जान आकर्षित भएका हुन् । तर चीनबाट पासगरेकाहरु अधिकांश लाइसेन्स परीक्षामा फेल हुने गरेका छन् । आजको जनकपुर टुडेमा खबर छ ।




dhateko ko kura kate mildaina vaneko yahi ho bebakuf