Kalaiya_murder
आफूले मन पराएकी युवतीको अर्कै केटासँग बिहे गर्नका लागि टीकाटालो भएको खबर पाएपछि तनावमा परेका बारा कलैयाका सन्तोष साह सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन्।

सन्तोषले निभाको सिउँदोमा सिन्दुर र पोते लगाउन खोजे तर निभाले मानिनन्। आफ्नो बिहे अर्कै केटासँग हुने पक्का भइसकेको भन्दै निभाले जबरजस्ती नगर्न प्रेमी सन्तोषलाई अनुरोध गरिन् तर, पनि उनले मानेनन्।

दुवैजनाबीच भनाभन भएको थाहा पाएका निभाका बुबा, आमा र भाई पनि छतमा पुगे। उनीहरुले सन्तोषलाई घरभित्र लगे। र, तत्काल नाइलनको डोरीले सन्तोषको घाँटी कसेर हत्या गरिदिए।

निभाका परिवारका सदस्यले सन्तोषको शब बुधवार दिनभर घरमै राखे। बुधवार मध्यरातमा घर नजिकैको बकुल्ला बारीमा लगेर फालिदिए। बिहीवार बिहान खेतमा शौच गर्न गएका स्थानीय महिलाले युवकको शब देखेपछि प्रहरीलार्इ खबर गरेका थिए।

घटनास्थलमा बिहीवार बिहान पुगेको प्रहरीले शब नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो। अनुसन्धानका क्रममा सन्तोषको हत्यामा उनकै प्रेमिका निभा र उनका अभिभावकको संलग्नता रहेको खुलेपछि प्रहरीले बिहीवार साँझ नै निभासहित चारजनालार्इ पक्राउ गरेको हो ।
हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेपछि प्रेम सम्बन्धमै परेका कारण उनको हत्या भएको खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.