
हुलाकी न्यूज, काठमाडौं ५ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार मधेश–थरुहटका जिल्लाहरुमा हल्ला बोल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदरमुकामहरुमा आन्दोलनकारीहरु जम्मा भएर मधेश विरोधी नेताहरुको विरुद्ध भण्डाफोर गर्दै नारावाजी गरेका छन् ।
जनकपुरधाम, बीरगञ्ज, राजविराजसहितका मधेशका मुख्य सहरहरुमा अधिक संख्यामा आन्दोलनकारीहरुको उपस्थिति रहेको थियो ।
शनिबार मधेश विरोधी नेताहरुलाई होलिकाको रुपमा पुतला निर्माण गरि दहन गर्ने कार्यक्रम रहेको छ । मधेश–थरुहटको विरोधमा रहेका नेताहरुलाई सावधान गर्न मोर्चाले होलिका दहन कार्यक्रमको आयोजना गरेको हो ।




