सुगौली-सन्धीको यो २०० औं बर्ष हो! आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ !

‘नेपाल’ भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेशाका जनताको अनेकता वीचको एकताको सामुहिक अभिव्यक्ति/पहिचान हो । एउटा जाति/क्षेत्र/समुदायले मात्र आफुलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन !

नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई ‘अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ !

सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संसलाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ ! यसमा कुनै विवाद छैन र हुनुहुँदैन !

तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न !

खाशगरी पूर्वदेखि पश्चिमसम्मको तराई/ मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन!राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन !

त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ! संवाद बाटै समाधान खोजौं ! देशको अखण्डतालाई धरापमा नपारौं ! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन !!

डा. बाबुराम भट्टराईको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.