jhyaau

हुलाकी न्यूज, नेपालगञ्ज, ५ फागुन । प्रतिबन्धित जडिबुटी झ्याउ अवैध रुपमा भण्डारण तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुब अन्सारी कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाँकेका न्यायधीश बलराम त्रिपाठीको एकल इजलासले प्रतिबन्धित झ्याउ ओसार पसार सम्बन्धी मुद्दामा अन्सारीलाई पुर्पक्षका लागि थुनामा राखि मुद्दाको प्रकृया अगाडि बढाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि अन्सारीलाई जिल्ला कारागार बाँकेमा चलान गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन ९ गते नेपालगन्जमा रहेका १३ वटा जडिबुटीको गोदाममा छापा मारेको थियो ।

प्रहरीको टोलीले अन्सारीको नेपालगन्ज विमानस्थल नजिकै रहेको गोदाममा छापा मार्दा अवैधरुपमा भण्डारण गरी राखेको अबस्थामा ५ सय ४२ बोरा अर्थात् करिब १ सय ३५ क्वीन्टल अबैध जडिबुटी झ्याउ फेला पारेको थियो ।

वन कार्यालयले अन्सारी प्रतिबन्धित जडिबुटी झ्याउ भन्डार र ओसार पसारमा समेत संलग्न रहेको ठहर गर्दै २ लाख ३ हजार २ सय ५० रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको माग गर्दै जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

सरकारले झ्याउको संकलन र ओसार पसारमा प्रतिबन्ध लगाएपनि जडिबुटी व्यवसायीले बढी मुनाफा कमाउने लोभमा वन कर्मचारीसँगको मिलेमतोमा झ्याउको संकलन र ओसार गर्दै आएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.